Rumpum Advertisement

अपहरणपछि बालकको हत्या, हत्यामा संलग्नलाई पक्रन प्रहरीले चलायो गोली

Neuro Revised Adv
Koshi Dashain ad
अपहरणपछि बालकको हत्या, हत्यामा संलग्नलाई पक्रन प्रहरीले चलायो गोली

वीरगन्ज,
वीरगन्जमा अपहरणपछि बालकको हत्या भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिनअगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाको हत्या गरिएको हो ।

बालकको शव बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार राति २ बजे फेला परेको प्रहरीले जनाएको छ । पर्सा प्रहरीले अपहरणपछि बालकको हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न गोली चलाएको छ ।

बालक हत्यामा संलग्न भारतीय नागरिक विकास शर्मा र बाराका सिकेन्द्र साहको घुँडामा गोली लागेको प्रहरीले पर्सा प्रहरीले जनाएको छ । दुवैको वीरगञ्ज अस्पतालमा उपचार भइरहेको छ ।

बालक अपहरण र हत्यामा संलग्न बारा कलैया–११ का रामविनेश महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको हो ।

दुवैको दाहिने खुट्टामा गोली लागेको छ । प्रगतिनगरमै बस्ने विकासले बालकलाई फकाइफुल्याई अपहरण गराएका थिए । बुधबार बिहान बाराको खौराही खोलामा बालकको शव पहिचान भइरहँदा दुवै जना भाग्न खोजेका थिए ।