Rumpum Advertisement

संविधान पहिचान विरोधी छ : उपप्रधानमन्त्री यादव

Neuro Revised Adv
Koshi Dashain ad
संविधान पहिचान विरोधी छ : उपप्रधानमन्त्री यादव

जनकपुरधाम ।

समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान पहिचान र समानता विरोधीको भएको आरोप लगाएका छन् । आइतबार जनकपुरमा आयोजित कार्यक्रममा संघीय सरकारका उपप्रधानमन्त्रीसमेत रहेका यादवले यसैकारण वर्तमान संविधानलाई जनताले स्वीकार नगरेको समेत बताए ।

अध्यक्ष यादवले राज्यको स्रोत साधनमा भागेदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिला लगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको पहुँच अझै नभएको बताएकाछन् ।

यादवले राज्यको हरेक संयन्त्रमा सबै जनताको बराबरको अधिकार नभएसम्म मुलुकमा आन्दोलन नरोकिने भन्दै नेपाली जनतालाई स्वायत्तता सहितको अधिकार सम्पन्न संघीयता चाहिएको बताए । उनले शासक वर्गले संघीयतालाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप समेत लगाएका छन् ।

पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पहिलो संविधानसभाको क्रममा तत्कालिन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १ को संघीय प्रणाली लागू गर्नुपर्ने माग गरे । डाक्टर भट्टराईले मुलुकलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचन हुनुपर्ने बताए ।