Rumpum Advertisement

भोजपुरमा भिरबाट खसेको ढुङगाले लागेर महिलाको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
भोजपुरमा भिरबाट खसेको ढुङगाले लागेर महिलाको ज्यान गयो

भोजपुर,
भोजपुरमा भिरबाट खसेको ढुङगाले लागेर महिलाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–१४ कि ६० वर्षीया सीता बुढाथोकीको जंगलमा घाँस काट्ने क्रममा भिरवाट खसेको ढुङगाले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

बिहीबार दिउँसो साडे ४ बजेको समयमा दोभाने भन्ने स्थानमा घाँस काटिरहेको अवस्थामा भिरवाट खसेको ढुङगाले लाग्दा निजको खुट्टाको भाग च्याप्पिएको थियो । खुट्टा च्यापिएर गम्भीर घाइते भएकी उनलाई प्रहरी चौकी बोयाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा ढुङगा हटाएर रातिी पौने १० बजे उद्धार गरिएकोमा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।