Rumpum Advertisement

हातमा तार बेर्दा ११ हजार भोल्टको करेन्ट

Neuro Revised Adv
Koshi Dashain ad
हातमा तार बेर्दा ११ हजार भोल्टको करेन्ट

विराटनगर,
विराटनगर महानगरपालिका–१० मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । विराटनगर न्यूरो अस्पताल नजिकै स्थानीय ७२ वर्षीय काशिनाथ ताम्राकारको मृत्यु भएको हो ।

उनले आफ्नै घरको छतमा पुगेर ११ हजार भोल्टको हाइटेन्सन तार छोएका थिए । परिवारस“ग सम्बन्ध बिग्रिएका ताम्राकारले घरमा कोही नभएको बेला छतमा चढेर जिआइ तारको मद्दतले ११ हजार भोल्टको नाङ्गो तारमा छोएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ताम्राकारले हातमा जिआइ तार बेरेर घरको छतदेखि करिब दुई मिटर टाढाको ११ हजार भोल्टको तारमा फालेका थिए । करेण्ट लागेका कारण उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

छतमा आफैँ करेण्ट लगाएको छिमेकीले समेत देखेका थिए । तर, उद्धार गर्न ढिलो भएका कारण उनको घटना स्थलमा नै मृत्यु भएको थियो । उनका दुई छोरा र एक छोरी छन् ।