Rumpum Advertisement

मेयरको गाडी ब्याक गर्दा संसदको स्कुटरमा क्षति, संसद भन्छन् ‘ब्याक गरि झण्डै सिध्यायो’

Neuro Revised Adv
Koshi Dashain ad
मेयरको गाडी ब्याक गर्दा संसदको स्कुटरमा क्षति, संसद भन्छन् ‘ब्याक गरि झण्डै सिध्यायो’

विराटनगर,
मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले प्रयोग गर्दै आएको कारले प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य सूयर्माराज राईको गाडीलाई ठक्कर दिएको छ । विराटनगरको नोबेल मेडिकल कलेजको पार्किङ क्षेत्रमा व्याक गर्ने क्रममा ठक्कर दिएको हो ।


ठक्करपछि संसद राईले आफूलाई नियोजित रुपमा सिध्याउने षडयन्त्र भएको दाबी गरेका छन् । नोबेल अस्पताल पुगेर फर्कने क्रममा गाडी ब्याक गरी नियोजित रुपमा घटना घटाउन खोजिएकको सांसद राईले दाबी गरेका हुन् ।

पार्किङ क्षेत्रमा राई सवार स्कुटरलाई व्याक गर्ने क्रममा मेयरको बा १५ च २४३३ नम्बरको कारले ठक्कर दिएको हो । ‘म बिरामी भेट्न नोबेल अस्पताल पुगेको थिए,’ उनी भन्छन् ‘निकै अगाडि रहेको कार ड्राइभर एक्कासी व्याक गरेर ल्याए । कराउँदा कराउँदै स्कुटरलाई ठक्कर दिए । स्कुटर छाडेर ज्यान बचाएँ ।’

ठक्करबाट सूयर्माराज राईले चढ्ने स्कुटरको अगाडिको भाइजर फुटेको छ । ठक्कर दिने बा १५च२४३३ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाको गाडी पछिल्लो समय उनका भाई अशोकले प्रयोग गर्दै आएका छन् ।

प्रदेशसभा सदस्य राई आफूमाथि पहिलेदेखि नै सुरक्षा थ्रेट रहेकाले नियोजित प्रयास भएको बताउँछन् । ‘ढुंगागिटी उत्खननको विषयमा बोलेका कारण, रंगेली, बेलबारी, कानेपोखरी, केराबारीलगायतका मेयर मेराविरुद्ध छन्,’ उनले थपे, ‘ढुंगागिटीमा गिरोह चलाउने समूह मेराविरुद्ध छ ।’

आफूमाथि नियोजित रूपमा दुर्घटना घटाउन खोजिएको उनको दाबी छ । ‘नियोजित रुपमा दुर्घटना गराउन खोजिएको हो,’ उनी भन्छन्, ‘ड्राइभरको व्यवहारले शंका गर्ने सुबिधा छ ।’ दुर्घटनापछि ड्राइभरको व्यवहारमा दम्भ देखिएको उनको गुनासो छ । प्रहरी र मेयर बगडीयाले नियोजित नभएको बताउँदै आएका छन् । तर, राई भने आफू सन्तुष्ट हुने आधार नै फेला नपारेको बताउँछन् ।

मेयर भन्छन् – ‘ब्याक गर्दा ठोक्किएको हो, ड्राइभरलाई बनाउन लगाउँछु ’

रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया आफ्नो ड्राइभरले गल्ती गरेकाले माफी माग्न लगाउने बताए । ब्याक गर्ने क्रमममा ठक्कर दिएको बताउँदै उनले ड्राइभरलाई विजय शर्माले गल्ती गरेको बताए । ‘म त काठमाडौंमा छु । भाइ अशोक र बुहारी गाडीमा अस्पताल गएका रहेछन्,’ उनी भन्छन्, ‘ब्याक गर्ने क्रममा ठक्कर भएको हो, नियोजित होइन् ।’

ब्याक गर्दा ठोक्किएकाले ड्राइभरलाई माफी माग्न लगाएर स्कुटर बनाइदिने बताए । ‘मेरो घरको गाडीले ठक्कर दिएको हो,’ उनले थपे, ‘उहा“ले माफी माग्न भन्नुहुन्छ भने माफी माग्न लगाउँछु । कारवाही गर्न भन्नुहुन्छ भने कारवाही होस् ।’ बिहिबार बिहान आफैँले गाडी प्रहरी कार्यालयमा पठाइदिएको बताए ।

प्रहरी भन्छ– ‘नियोजित भन्ने आधार छैन्’

बुधबार दुर्घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय मोरङको टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा नियोजित भन्ने कुनै आधार फेला नपरेको मोरङ प्रहरीले जनाएको छ ।

गाडी ब्याक गर्ने क्रममा ड्राइभरले नेदेखेका कारण दुर्घटना भएको प्रहरीको दाबी छ । तर, मेयरको गाडी भनेपछि प्रहरी ब्याक हटेको संसद राईको आरोप छ । प्रहरी भने राईले दाबी गरेजस्तो नियोजित नभएको बताउँछ ।

‘मौखिक उजुरी आएपछि हामीले अनुसन्धान गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठ भन्छन्, ‘ब्याक गर्दा ठोक्किएको हो नियोजित भन्ने आधार देखिँदैन् ।’ उनले मौखिक उजुरी आएलगतै प्रहरीले स्थलगत अध्ययन गर्दै प्रत्यक्षदर्शीको बयान लिएको बताए ।