Rumpum Advertisement

भनेजति दाइजो नपाउदा मण्डपमै बेहुली छोडेर फर्केका बेहुला पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
भनेजति दाइजो नपाउदा मण्डपमै बेहुली छोडेर फर्केका बेहुला पक्राउ

विराटनगर ।
मागेजति दाइजो दिन नसक्दा जग्गेमै बेहुली छोडेर फर्किएका एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत ४ गते मोरङको जहदा गाउँपालिकाकी २१ वर्षीया एक यूवतीलाई दाइजो नपुगेकै निहुँमा जग्गेमै छोडेर हिडेका जहदा ४ कै २४ वर्षीय लक्ष्मण राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

ती यूवतीसंग लक्ष्मण राजबंशीको परम्परागत विबाह भइरहेको बेला मागे अनुसारको दाईजो नदिएको भन्दै बेहुली अस्विकार गरेका लक्ष्मणलाई बुधबार प्रहरीले जहदाबाट नै पक्राउ गरेको हो ।

दुवै पक्षको परीवारबीचको कुराकानी पछि गत ३ गते विवाह गर्ने तय भए अनुसार सम्पूर्ण तयारी पूरा गरी वैबाहिक कार्यक्रम भइरहेको बेला ४ गते विहान लक्ष्मण राजबंशीले थप दाइजोमा भोटरसाइकल, सुनको सिक्री र डायनिङ टेलव माग गरेको र बेहुली पक्षले दिन नसक्ने भनेपछि छोडेको प्रहरीले जनाएको छ ।

आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामाग्री दिन नसक्ने कुरा बताए पछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडी गएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक घनस्याम श्रेष्ठले बताए ।

पक्राउ परेका राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको उनले बताए ।