Rumpum Advertisement

रोकिएन टिपर आतंक, माेरङकाे खोर्सानेमा एक जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
रोकिएन टिपर आतंक, माेरङकाे खोर्सानेमा एक जनाको मृत्यु

बेलवारी । टिपरको ठक्करबाट मोरङको सुन्दरहरैचा नगरपालिका  १० मा एक जनाको मृत्यु भएको छ । बिहिवार केराबारीबाट खोर्साने तर्फ  आउँदै गरेको टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ४८ वर्षिय बमबहादुर बस्नेतको मृत्यु भएको हो ।

खोसार्नबाट को ५ प ५५०० नम्बरको मोटरसाइकलमा केरावारी जाँदै गरेका बमबहादुरलाई केराबारीबाट आउँदै गरेको को १ ख ४३५५ नम्बर टिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार टिपरका ३१ वर्षिय चालक राजकुमार मगर प्रहरी नियन्त्रणमा छन् । तिब्र गतिमा अाएकाे टिपरका कारण दुर्घटना भएकाे हुन सक्ने प्ररहरीले जनाएकाे छ ।

टिपरको ठक्करका कारण गत माघ २७ गते आइतबार विराटनगर महानगरपालिका–२ बरगाछी चोकमा ५० बर्षिय लगनलाल राजवंशीको मृत्यु भएको थियो । घरबाट जनमजदुरीकालागि निस्किएका कटरहरी गाउपालिका– २ का राजवंशीलाई साइकलमा कोशी राजमार्ग पार गर्ने क्रममा को १ ख ७०९२ नम्मबरको ठक्कर दिदा घटना स्थलमै मृत्यु भयो ।

गत माघ १४ गते विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचा –९ की ११ वषीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो ।

ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीयले सोही सडकमा कुदने सातवटा टिपरलाई आगजनी गरेका थिए । गत मंसिरमा पनि सोही सडक खण्डमा टिपरको ठक्करबाट उदयपुर रौतामाइ नगरपालिका – २ की ३५ वर्षिय गीता कटुवालको मृत्यु भएको थियो ।

चालकको असाबधानीका कारण टिपरको कारण दुर्घटना बढ्दो छ । मोरङ जिल्लामा मात्र होइन प्रदेश १ का अन्य जिल्लामा पनि टिपरको आतंक  बढ्दाे छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार साउनदेखि गत माघ सम्मको तथ्याङकमा प्रदेशमा २० वटा टिपर दुर्घटना भएका थिए २० दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने ४३ जना घाइते भएका थिए ।

साँघुरा र जिर्ण सडकमा टिपको लोभले तिब्र गतिमा हुइकिने टिपरबाट बढी दुर्घटना हुने गरेको छ ।

माेरङ र सुनसरीमा ट्राफिक प्रहरीले विहान साढे ९ देखि ११ र साझ साढे ३ देखि ५ बजे सम्म मुख्य राजमार्गमा टिपर कुदाउन रोक लगाएको छ । तर टाइम कार्ड लागु भएपनि दुर्घटना भने रोकिएको छैन् ।