Rumpum Advertisement

झापाबाट १७ किलो चरेससहित २ जना समातिए

Neuro Revised Adv
Koshi Dashain ad
झापाबाट १७ किलो चरेससहित २ जना समातिए

झापा,
झापाबाट १७ किलो चरेससहित २ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–८ टोकला बगानस्थित रमाईलो बस्तीबाट प्रहरीले मंगलवार १७ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित २ जनालाई पक्राउ गरेको हो ।

लागूऔषधसहित सोही नगरपालिका बस्ने सञ्जय दर्जी र ३० वर्षीय मनोज दर्जीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । दिउँसो साढे १ बजेको समयमा सञ्जय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।

बरामद लागूऔषधसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।