Rumpum Advertisement

रहेनन् बाल रोग विशेषज्ञ बिमल अग्रवाल

Neuro Revised Adv
Koshi Dashain ad
रहेनन् बाल रोग विशेषज्ञ बिमल अग्रवाल

विराटनगर,
पूर्व क्षेत्रका चर्चित बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको निधन भएको छ । मस्तिष्कघातका कारण गत वैशाख २४ गते नोबेल मेडिकल कलेज विराटनगर भर्ना भएका अग्रवालको मंगलबार निधन भएको हो ।

विराटनगर घर भएका डाक्टर अग्रवाल कोशी अस्पताल विराटनगरमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि जाँच गराउन नोबेल मेडिकल कलेज गएका अग्रवाललाई अस्पतालमा नै मस्तिष्कघात भएको थियो । दुई साता भेण्टिलेटरमा राखेर उपचार गर्दा स्वास्थ्यमा केही सुधार आएको थिएन । अस्पतालले केही दिनअघि ‘ब्रेन डेथ’ भएको थियो ।

डा. अग्रवालको उपचारमा बरिष्ठ न्यूरो फिजिसियन डा. डिल्लीराम काफ्ले, बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपालसहितको टोली खटिएको थियो ।

४३ वर्षीय डा. अग्रवाल पूर्वीक्षेत्र चर्चित बालरोग विशेषज्ञ हुन् । परिवारले चिकित्सकको लापरवाहीका कारण निधन भएको आरोप लगाएका छन् ।