Rumpum Advertisement

झापामा १७ किलो चरेस सहित २ पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
झापामा १७ किलो चरेस सहित २ पक्राउ

झापा । प्रहरीले झापाको मेचीनगर नगरपालिका–८ टोकला बगानस्थित नजिकै रहेको रमाईलो बस्तीबाट ठूलो परिणामा लागुऔषध चरेस सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलवार १७ किलो प्रतिबन्धित लागूऔषध चरेस सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले लागूऔषध सहित सोही नगरपालिका बस्ने संजय दर्जी र मनोज दर्जीलाई पक्राउ गरेको छ । प्रकाउ परेका दर्जी एकै परिवारका हुन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार दिउँसो साढे १ बजेको समयमा संजय दर्जीको घरमा चरेस लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजी गरेको थियो ।

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।

बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । चरेस कस्को हो भन्ने विषयमा अनुसन्धान जारी रोखेको प्रहरीले जनाएको छ ।