Rumpum Advertisement

भोजपुरमा प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
भोजपुरमा प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

विराटनगर । प्रहरीले चलाएको गोली लागेर प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताको ज्यान गएको छ । मंगलबार भोजपुरमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका विप्लव समुहका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको हो ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग डाडा नजिकै रहेको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी र विप्लव समुहका कार्यकर्ताबिच गोली हानाहान भएको थियो ।

गस्तीमा रहेको प्रहरीलाई देखेपछि कम्मरमा भिरेको हतियार निकालेका घिमिरेलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीको दाबि छ । प्रहरीले चलाएको गोली घिमिरेको तिघ्रामा गोली लागेको थियो । उनको उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

भोजपुर षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य हुन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको पुष्टी गरे ।

प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ ।

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली सहित भोजपुरबाट प्रहरी गस्ती निस्कीएको थियो ।

गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको बताएको छ ।  सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् ।