Rumpum Advertisement

ट्याक्टरले किचेर एक जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
ट्याक्टरले किचेर एक जनाको मृत्यु

झापा ।

झापाको अर्जुनधारा नगरपालिका १ मदनपुरमा मंगलबार ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा बिहान साधुटारबाट मदनपुरतर्फ ढुंगा बोकेर आउँदै गरेको मे १ त ५००६ नम्बरको ट्याक्टरमा सवार वर्ष १९ को अर्जुन प्याकुरेललाई ट्याक्टरबाट ओर्लने क्रममा ट्याक्टरको चक्काले किचेर घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर र चालक अर्जुनधारा नगरपालिका १ साधुटारका २१ वर्षीय सन्दिप कँडेललाई प्रहरीको नियन्त्रणमा लिएको छ ।