Rumpum Advertisement

भोजपुरको जंगलमा प्रहरी र विप्लव कार्यकर्ताको जम्काभेट, प्रहरीले गोली चलाउँदा एक घाइते

Neuro Revised Adv
Koshi Dashain ad
भोजपुरको जंगलमा प्रहरी र विप्लव कार्यकर्ताको  जम्काभेट, प्रहरीले गोली चलाउँदा एक घाइते

विराटनगर ।

भोजपुरमा प्रतिबन्धित विप्पल समुहका कार्यकर्तालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । हतियार सहित जंगलमा हिडिरहेका विप्लव समुहका कार्यकर्ताले हतियार देखाएपछि प्रहरीले गोली चलाएको हो ।

भोजपुरको ट्याम्के मैयुम गाँउपालिका वडा नं.१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जंगलमा प्रहरीले गोली चलाउदा विप्लव समुहका एक कार्यकर्ता घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर भोजपुर षडानन्द नगरपालिका वडा नं.२ बस्ने बर्ष ३२ को तिर्थराज घिमिरे घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ ।

मंगलबार १०–१५ जना हतियारधारी समुहको टोली रहेको सूचना पाएपछि पुगेको प्रहरीले गस्ती गर्ने क्रममा जंगलमा हतियारधारी समुहलाई भेटेको थियो ।

जंगलमा समुहभन्दा केही पछाडी रहेका व्यक्तीले कम्मरमा भिरेको पेस्तोल निकालेर फायरिङ गर्न खोजेपछि प्रहरीले जवाफी गोली चलाउँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

प्रहरीले घिमिरेको साथबाट एक थान कटुवा पेस्तोल पेस्तोलको गोली ५ थान, लामो बाईनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ती, पर्चा, पम्प्लेट समेत गरेको हो ।

भोजपुर सदरमुकाबाट करिब ७० किलोमिटर टाढाको दुरीमा रहेको जंगलमा रहेका विप्लव समुहका कार्यकर्ताले गाउँ बस्तीमा त्रास सृजना गरेको गुनासो आएपछि प्रदेश १ प्रहरी टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरले गस्ती गरेको थियो ।

गस्ती गर्ने क्रममा जम्काभेट भएपछि गोली प्रहार भएको हो । जंगलमा रहेका विप्लव समुहका अन्य कार्यकर्ता खोटाङ तर्फ भागेको प्रहरीले जनाएको छ ।