Rumpum Advertisement

पाँचथर हत्या प्रकरण : शंकास्पद मानबहादुरको शव नजिकै भेटियो रगत लतपतिएको खुकुरी र लुगा

Neuro Revised Adv
Koshi Dashain ad
पाँचथर हत्या प्रकरण : शंकास्पद मानबहादुरको शव नजिकै भेटियो रगत लतपतिएको खुकुरी र लुगा

विराटनगर ।

पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले हत्यामा कान्छा ज्वाइँको संलग्नता रहेको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

मंगलबार बिहान बमबहादुर फियाक र उनको ज्वाइँ धनराज शेर्माको परिवारका ९ जना सदस्यको बिभत्स अवस्थामा शव भेटिएको थियो ।

धारिलो हतियार प्रहार गरी भएको हत्या प्रकरणको अनुसन्धान सुरु गरेको प्रहरीले ससुराली पक्षसँग राम्रो सम्बन्ध नभएका कान्छा ज्वाइँ मानबहादुर माखिममाथि शंका गरेको थियो । तर नौं जनाको शव भेटिएको स्थानदेखि करिब २ घण्टाको पैदल दुरीमा मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

झुण्डिएको स्थान नजिकै रगतमा लतपतिएको खुकरी, दाब र लुगा फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रमुख डिजाइजी केदार रिजालले जानकारी दिए । खुकुरी हत्यामा प्रयोग भएको हुन सक्ने नउले बताए । ‘झुण्डिएको अवस्थामा भेटिएको शव नजिकै संकास्पद खुकुरी र लुगा भेटिएको छ । ’ उनले भने ‘ खुकुरी हत्या प्रयोग भएको हो, होइन अनुसन्धनबाट खुल्छ ।’

डिआइजी रिजालका अनुसार ससुरा र श्रीमतीसगको पारिवारिक बेमेलका कारण मानबहादुर अनुसन्धानको दायरमा ल्याउने तयारी थियो । तर उनले पनि आत्महत्या गरेपछि संलग्नता रहे नरहेको विषय घटना स्थलमा प्राप्त सबुत प्रमाणहरुका आधारबाट खुल्ने बताए ।

प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरी ज्वाइँ ३६ वर्षिय धनराज, उनकी श्रीमती ३५ वर्षीया जस्मिता फियाक, छोरी १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र ८ वर्षीया इच्छा शेमाको हत्या भएको छ ।

त्यस्तै ससुरा ७४ वर्षीय बमबहादुर, उनकी श्रीमती पुर्सिमाया फियाक, छोरी ३५ वर्षीया मनकुमारी फियाक र १० वर्षीया नातिनी आसाकुमारी फियाक रहेको प्रहरीले जनाएको छ ।

शेर्माका छोराछोरीको शव घर भित्र एकै स्थानमा भेटिएको थियो । बमबहादुरको भने घरको सिकुवामा बसेको अवस्थामा शव भेटिएको हो । उनका श्रीमती र छोरीको शव भने घर भित्र भेटिएको छ ।

१२ वर्षिय सीता खजुम भने भागेर बाच्न सफल भएकी छन् । भाग्ने क्रममा घाइते भएकी उनको हातमा गम्भिर चोट लागेको छ ।