Rumpum Advertisement

स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएवापत नोबेलका प्रबन्ध निर्देशक इन्दिरा शर्मा सम्मानित

Neuro Revised Adv
Koshi Dashain ad
स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएवापत नोबेलका प्रबन्ध निर्देशक इन्दिरा शर्मा सम्मानित

विराटनगर,
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मान गरिएको छ । सुनसरीको दुहवीस्थित फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडले छैठौँ वार्षिकोत्सवको अवसर पारेर प्रबन्ध निर्देशक शर्मालाई सम्मान गरेको हो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले फुलमाला लगाएर सम्मानपत्र प्रदान गरी शर्मालाई सम्मानित गरेका हुन् । नोबेलमा विपन्न बिरामीलाई दैनिक करिव ५ लाख बराबरको निःशुल्क उपचार गरिदै आएको छ । त्यस्तै पैसा नभएकै कारण गुणस्तरीय शिक्षाबाट बन्चित सयौं विद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाइँदै आएको छ ।

हजारौं असहाय र बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउँनुका साथै गरिब तथा जेहन्दार विद्यार्थीलाई निःशुल्क अध्ययन गराएर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकाले शर्मालाई सम्मान गरिएको सस्थाका अध्यक्ष भगवती चौधरीको भनाई छ । बिभिन्न क्षेत्रमा योगदान पुर्याउँने अन्य व्यक्तिलाई पनि सोहि अवसरमा सम्मान गरिएको थियो ।

यसैबीच सोहि कार्यक्रममा फरवार्डका उत्कृष्ठ ३ शाखा कार्यालय र २८ कर्मचारीलाई पुरस्कृत गरिएको छ । फरवार्डले ३७ जिल्लामा १२१ शाखा स्थापना गरी लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।