Rumpum Advertisement

सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहितकाे प्रहरी टोली घटना स्थलमा, सिआइबीको टोली आउँदै

Neuro Revised Adv
Koshi Dashain ad
सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहितकाे प्रहरी टोली घटना स्थलमा, सिआइबीको टोली आउँदै

विराटनगर,
पाँचथरको मिक्लाजुङ गाउपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ । संघीय प्रहरी कार्यालय धरानका एसएसपी सरद खत्रीको नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित घटनाको अनुसन्धानका लागि खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी शिद्धराज न्यौपानेले बताए ।

उनका अनुसार घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि आउँदैछ । प्रहरी स्राेतका अनुसार विशेष व्यूराेका एसपी उमाशंकर चतुर्वेदी नेतृत्वको टाेली आउँदै गरेकाे हाे ।

प्रहरीले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । डिएसपी न्यौपानेका अनुसार प्रहरीले ठाउँ–ठाउँमा चेकिङ बढाएको छ ।

मंगलबार विहान मिल्लाजुङ गाउ“पालिका–३ आरुबोटेमा ज्वाइँ र ससुराको परिवारका ९ जनाको विभत्स अवस्थमा शव भेटिएको थियो । ६ वर्ष उमेरदेखि ७४ वर्ष उमेर समूहका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो भने ११ वर्षीया बालिका भागेर बाँच्न सफल भएकी थिइन् ।

गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका ४ जनाको हत्या भएको हो । धनबहादुरको घरमा पाँच जनाको शव घरभित्र रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको हो ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।

उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।