Rumpum Advertisement

पत्रकारको आन्दोलन जायज : नेता खनाल

Neuro Revised Adv
Koshi Dashain ad
पत्रकारको आन्दोलन जायज :  नेता खनाल

झापा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पत्रकारले गरिरहेको आन्दोलन सहि भएको बताएका छन् । उनले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताए ।

पत्रकारको अहिलेको आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको उनले बताए ।  गृह जिल्ला इलाम जानेक्रममा झापाको बिर्तामोडमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा पुर्वप्रधनमन्त्री खनालले नेपालको संविधानले दिएको हक कुनै पनि बाहनामा कुण्ठित गर्न नसक्ने दावी गरे ।

संविधानले कल्पना गरेको प्रेस स्वतन्त्रता भन्दा सरकार माथी जान नसक्ने उनको भनाई छ । उनले सरकारलाई त्यसरी हिंड्न नदिने समेत बताए ।

फरक प्रसंगमा उनले पार्टी एकीकरणलाई गौरवपूर्ण बताउँदै अब पार्टीले नयाँ कार्यदिशा, नीति र सिद्धान्त पनि चाँडै सार्वजनिक गर्ने बताए । एकताले दूरगामी महत्व राख्ने तर जटिल प्रक्रिया भएकाले बाङ्गोटिङ्गो हुँदै अगाडि बढिरहेकाले अझै पनि थुप्रै काम बाँकी रहेको खनालले बताए ।