Rumpum Advertisement

छोरी, ज्वाइँ र नातिलाई नगरपालिकामा जागिर, मेयर भन्छन् – अधिकृत बनाएको होइन !

Neuro Revised Adv
Koshi Dashain ad
छोरी, ज्वाइँ र नातिलाई नगरपालिकामा जागिर, मेयर भन्छन् – अधिकृत बनाएको होइन !

विराटनगर ।

मोरङको सुनवर्षी नगरपालिकाका मेयरले नगरपालिकालाई आफन्तको नियुक्ती केन्द्र बनाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित मेयर कालिप्रसाद दासले नगरपालिकालाई आफन्तको भर्ती केन्द्र बनाएका हुन् ।

मेयरमा निर्वाचित भएपछि छोरी, ज्वाइँ र नातिलाई करारमा नियुक्ती दिएका दास पछिल्लो समय छोरालाई शिक्षक नियुक्ती गर्ने तयारीमा जुटेका छन् । छोरी अनिता दासलाई वर्थिङ सेन्टरमा, ज्वाइँ चन्दन शर्मालाई नगरपालिकामा सवारी चालक र नाताले नाति पर्ने सुबोध दासलाई आफ्नो सचिवालयमा नियुक्ती दिएका छन् भने छोरा मुकेशकुमार दासलाई प्राबी शिक्षकको नियुक्ती दिने तयारी गरेका हुन् ।

सुनवर्षीका जनप्रतिनिधीका अनुसार छोरालाई वडा नम्बर– ७ को दिल आधारभूत विद्यालयमा नियुक्ती दिने तयारी गरेका थिए । तर वडा अध्यक्ष प्रकाश यादवले बिना प्रतिस्पर्धा नियुक्ती नगर्ने अडान लिएपछि मेयर दासले पछिल्लो समय छोरालाई वडा नम्बर ३ मा नियुक्ती दिलाउन खोजीरहेका छन् ।

छोरालाई नियुक्तीमा असहयोग गरेपछि दासले आफूलाई असहयोग गरेको वडा नम्बर ७ मा अध्यक्ष प्रकाश यादव बताउछन् । ‘छोरालाई नियुक्तीमा सहयोग नगर्दा  वडाको काममा मेयरको असहयोग छ ।’ वडा अध्यक्ष यादव भन्छन ‘ बेग्लै पार्टीको भएर होला चुरे संरक्षण योजनाको बजेटका बारे जानकारी नै दिएनन् ।’

मेयर दासले आफ्ना छोरी ज्वाइँलाई नगरपालिकामा नियुक्ती गर्दा उपमेयर मञ्जुकुमारी राईलाई जानकारी समेत दिइएन् । कर्मचारी नियुक्ती भएर हाजिर हुन थालेपछि मात्र कर्मचारी नियुक्तीको विषय आफूले थाहा पाएको उनले बताइन् । ‘ नगरमा मेयरले प्रमुख प्रशासकिय अधिकृतस“ग मिलेर मनोमानी गर्छन् ।’ उपमेयर राई भन्छिन ‘ मेयरको एकलौटी प्रवृति विरुद्ध पार्टीमा पनि जानकारी गराएको छु ।’ मेयरको एकलौटी ढंगबाट चलेका कारण पार्टीमा जानकारी गराएको उनले बताइन् । उपमेयर राई पनि कांग्रेसबाट निर्वाचित हुन् ।

सुनवर्षीको डाइनियामा एक वर्षअघि वर्थिङ सेन्टर स्थापना भएको थियो । बर्थिङ सेन्टरमा विना प्रतिस्पर्धा सोझै छोरीलाई सहयोगीका रुपमा नियुक्ती दिएका मेयर दासले निजी सचिव र ड्राइभर बोर्डमा छलफल नगरी आफन्तलाई करारमा नियुक्त गरेका हुन् ।

मेयर भन्छन्– ‘ छोरी ज्वाइँलाई राख्नु ठूलो कुरा होइन ’

आफ्ना छोरी ज्वाइँलाई कर्मचारी नियुक्ती गरेका छोरालाई करार शिक्षक नियुक्ती गर्ने तयारीमा जुटेका मेयर कालिप्रसाद दास भने कर्मचारी नियुक्ती गरेको विषय सामान्य भएको बताए । उनले कार्यलय सहयोग र ड्राइभरमा नियुक्ती दिएको बताउँदै अधिकृत नबनाएको बताए । ‘ड्राइभर त सेभ गरी कुदाउने चाहियो । यहाँ स्करपियो चलाउने ड्राइभर भेटिएनन् ’ उनले भने ‘ यो ठूलो कुरो होइन ।’

बेरोजगार रहेकी छोरीलाई बर्थिङ सेन्टरमा सहयोगीको रुपमा नियुक्ती दिएको उनले बताए । ‘नगरपालिका भित्र २५–३० जनालाई करार, कार्यलय सहयोगीमा जागिर दिएको छुु’ उनले भने ‘छोरी ज्वाइँलाई राख्नु ठूलो कुरा हो भने केही छैन् ।’

छोराका विषयमा भने उनले शिक्षक नियुक्त हुन नसके खेति किसानी गर्ने बताए । ‘विज्ञापन खुलेको ठाउमा छोराले भर्न पाउछ ।’ उनी भन्छन ‘ उसको प्राविको लाइसन्स छ, विज्ञापन खुलेको ठाउमा भर्न सक्छन् ।’

वडा अध्यक्षले तालाबन्दी गरे

मेयर दासले वडा नम्बर ७ मा वडा अध्यक्षले नै तालाबन्दी गरेको बताए । दास वडा नम्बर ७ कै बासिन्दा हुन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको विषयमा असन्तुष्ठी जनाउ“दै अध्यक्षले नै तालाबन्दी गरेको उनको आरोप छ । वडा अध्यक्षले जानकारी विना उपभोक्ता समिति गठन गरेको गुनासो गर्दै आएका छन् । तर मेयर दासले भने उपभोक्ता समिति गठन नगरेको बताए ।

सात दिनदेखि वडा कार्यालयमा ताला, बोर्ड बैठकमा भाडभैलो

आइतबार नगरपालिकाको बोर्ड बैठक बसेको थियो । बोर्ड बैठकमा मेयरको कार्यशैलीको तिब्र आलोचना भएको थियो । फोरमबाट निर्वाचित वडा नम्बर ७ का अध्यक्ष प्रकाश साहलाई जानकारी नै नदिई मेयर दासले उपभोक्ता समिति गठन गरेपछि बैठकमा भाडभैलो भएको हो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको २१ बजेट खर्च गर्ने उपभोक्ता समिति बनाउ“दा जानकारी नदिएको यादवले बताए ।

सुनवर्षीमा राष्ट्रपती चुरे संरक्षण कार्यक्रमकालागि ७० लाख बजेट आएको छ । सो बजेट वडा नम्बर २,३,६ र ७ मा बिनियोजन भएको थियो । तर मेयर दासले तीनवटा वडालाई उपभोक्ता समिति गठन गर्न पत्र लेखेपनि आफ्नो वडालाई कुनै जानकारी नदिएको अध्यक्ष यादवले बताए ।

मेयरले मनलाग्दी गरेपछि सर्बसाधरणले सात दिनयता वडा कार्यालयमा तालाबन्दी गरेको यादवले बताए । ‘हिजो(आइतबार)को बैठकमा यही विषयमा छलफल भयो तर निष्शर्ष निस्कीएन् ।’ यादवले भने ‘ मेरो वडामा बजेट विनियोजन हुँदा मलाई जानकारी हुनुपर्छ ।’