Rumpum Advertisement

नेपाल नर्सिङ संघ मोरङको भवन बन्ने

Neuro Revised Adv
Koshi Dashain ad
नेपाल नर्सिङ संघ मोरङको भवन बन्ने

विराटनगर
विराटनगर महानगरमा नेपाल नर्सिङ संघ मोरङको भवन बन्ने भएको छ । विराटनगरस्थित वार्ड नं ४ मा बन्ने भवनको शिलान्यास सोमवार विराटनगर महानगरका मेयर भीम पराजुलीले गरे । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपलब्ध गरााएको १० धुर जग्गामा ४ कोठे भवन बन्न लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर पराजुलीले नर्सिङ पेशा र हकहितका सवालमा संस्थाले दर्बिलो भएर काम गर्न आवश्यक भएको बताए । पेशागतरुपमा अझै पनि श्रमशोषण हुने गरेका घटना बाहिर आइरहेको र यसलाई संबोधन गर्ने संस्था जागरुक हुन आवश्यक भएको उनको भनाइ थियो ।

भवन निर्माणका लागि महानगरले यथासक्य सहयोग गर्ने आश्वासन मेयर पराजुलीले दिए । यस्तै नर्सिङ संघ केन्द्रीय उपाध्यक्ष तारा शाहले सेवाभावका साथ काम गर्ने नर्सिङ स्टाफ अनेकन उल्झनका साथ काम गरिरहनु परेको बताइन् । राज्यले नर्सहरुको सुरक्षा, सेवा र भैपरि आउने उल्झनका विषयमा सोच्न जरुरी भएको बताइन् ।

कार्यक्रममा नर्सिङ स्टाफ पुनम गिरीले भवन निर्माणका लागि १ लाख १ सय १ रुपैयाँ प्रदान गरेकी छन् । यस्तै संघकी अध्यक्ष कविता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, नोबेल मेडिकल कलेजका लोकानाथ न्यौपाने, इन्दिरा शर्मा, संघकी सचिव मेनुका भण्डारीलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।