Rumpum Advertisement

विराटनगरका एक किशोर लागूऔषधसहित समातिए

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरका एक किशोर लागूऔषधसहित समातिए

विराटनगर,
मोरङको विराटनगरबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ रानीबाट आईतबार दिउँसो प्रतिबन्धित लागूऔषधसहित प्रहरीले १९ वर्षीय दिपेश सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१४ का दिपेशलाई डाईजेल्याब ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल र लुपिजेसिक ३ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।