Rumpum Advertisement

मेयरद्वारा उपप्रमुखसहित पाँच जनामाथि गालीबेइज्जती मुद्दा

Neuro Revised Adv
Koshi Dashain ad
मेयरद्वारा उपप्रमुखसहित पाँच जनामाथि गालीबेइज्जती मुद्दा

पर्सा,
पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन् ।

शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा रु दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रु एक करोड नौ लाखमा पारेको विषयलाई लिएर उपप्रमुखसहितका सदस्यहरुले विरोध जनाउँदा प्रमुख रौनियारले अदालतमा सो मुद्दा दायर गरेका हुन् ।

प्रमुख रौनियारले उपप्रमुख महतो, कार्यपालिकाका–३ का वडा अध्यक्ष माधवप्रसाद राउत तथा सदस्यहरु विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीमाथि गाली बेइज्जती मुद्दा दायर गरेको उपप्रमुख महतोले बताइन् ।

उपमेयर महतोसँग जिज्ञासा राख्दा उनले जुन बोलपत्र खुल्ला रुपमा निकाल्नु पर्नेमा त्यो नगरी कार्यकारी अधिकृत चौधरीले ७० लाख रुपैयाँको चलखेलमा कम रकममा आफनो मान्छेलाई बोलपत्र पारेकोले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरुमाथि मुद्दा दायर गरेको बताइन् ।

यस सम्बन्धमा थप जानकारीको लागि प्रमुख रौनियारसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुनसकेन । रासस