Rumpum Advertisement

सामान्य विवादमा चक्कु प्रहार, एक जनाकाे ज्यान गयाे

Neuro Revised Adv
Koshi Dashain ad
सामान्य विवादमा चक्कु प्रहार, एक जनाकाे ज्यान गयाे

धनकुटा,
धनकुटामा चक्कु प्रहारबाट एक जनाको ज्यान गएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेक माझगाउँमा आइतबार चक्कु सन्तोष थम्फरा लिम्बूको मृत्यु भएको हो ।

आइतबार बिहान साँढे ४ बजेको समयमा महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ बस्ने २२ वर्षीय सन्तोष र महालक्ष्मी नगरपालिका–२ बस्ने २५ वर्षीय घनेन्द्र होहङवा लिम्बूबीच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिशको आवेगमा सन्तोषलाई धारिलो हतियार चक्कुले प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मारेकटहरेबाट खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने लिम्बूलाई चक्कुसहित पक्राउ गरेको छ ।