Rumpum Advertisement

प्रशासन कार्यालय अगाडि डाको छाडेर रोए पत्रकार

Neuro Revised Adv
Koshi Dashain ad
प्रशासन कार्यालय अगाडि डाको छाडेर रोए पत्रकार

विराटनगर,
नेपाली कांग्रेस निकट प्रेस युनियनका सदस्यले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा डाको छाडेर रोएका छन् ।

मिडिया काउन्सिल विधेयककोविरुद्ध पत्रकार महासंघले देशब्यापी आन्दोलन गरिरहेको अवस्थामा कांग्रेस निकट प्रेस युनियनका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि डाको छाडेर रोएका हुन् ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरु एक्कासी डाको छाडेर रुन थालेपछि हेर्नेको भीँड लोगेको थियो । प्रशासन कार्यालयमा नागरिकता, पासपोर्ट बाउन आएका सेवाग्राही र बाटो हिँड्ने यात्रुले पत्रकारको रुवाई हेर्न भेला भएका थिए ।

आधा घण्टा रोएका पत्रकारहरुले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी ल्याइएको बिधेयकको प्रावधानः हटाउन माग गरे । सरकारले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी ल्याएका विधेयक हुबहु पारित भए पत्रकार रुने अवस्था आउने बताउ“दै युनियनका कार्यकर्ताहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा रोएर विरोध गरेको प्रेस युनियन मोरङ सभापति कुमार लुईंटेलले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेलले समग्र प्रेसको अधिकार हनन् हुने गरी प्रस्ताव पास भए पत्रकारिता क्षेत्रको आधारभूत पक्ष नै कुण्ठित हुने बताए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लव घिमिरेले सरकारले विभिन्न विधेकयमार्फत् प्रेसलाई कस्ने र नियन्त्रण गर्न खोजेको बताए । सरकारका गलत कामको युनियनले विरोध गर्दै आएको उनले बताए ।