Rumpum Advertisement

उदयपुरमा टिपर भीरबाट खस्यो, २ जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
उदयपुरमा टिपर भीरबाट खस्यो, २ जनाको मृत्यु

उदयपुर,
उदयपुरमा टिपर भीरबाट खस्दा २ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी–कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आइतबार टिपर दुर्घटना सहचालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने २० वर्षीय लीलाबहादुर सार्की र टिपरमा सवार कटारी नगरपालिका–५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनीने अन्दाजी वर्ष २५ को पुरुष व्यक्तिको मृत्यु भएको हो ।

बिहान ५ः४५ बजेको समयमा मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा४ख ७००० नम्बरको टिपर ब्याक गर्ने क्रममा सडकदेखि अन्दाजी १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएको थियो ।

टिपरका चालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने ४० वर्षीय हर्कबहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।