Rumpum Advertisement

विविध कार्यक्रमको आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइयो

Neuro Revised Adv
Koshi Dashain ad
विविध कार्यक्रमको आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइयो

राजकुमारी तामाङ
मोरङ । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा आज देशभर विविध कार्यक्रमको आयोजना गरी २५६३ औँ बुद्ध जयन्ती मनाइएको छ । इसापूर्व ५६३ अर्थात् करिब दुई हजार ६०० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा बुद्धको जन्म भएको थियो ।

सुरुमा बुद्धको नाम सिद्धार्थ राखिएको थियो। बुद्ध २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा सिद्धार्थलाई भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भएको थियो । यसपछि उनले बुद्धका रूपमा विश्वभर प्रसिद्धि पाए ।

बुद्धले बताएका आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि बाट उनी अमर छन ।

यसैगरी उनको पञ्चशील तत्वमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। जसका कारण पनि आज उनलाई भगवान बुद्धको नामले चिनिन्छ ।

बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा समेत दिइएको छ । बुद्ध जयन्तीको अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिएको छ । शनिवार लुम्बिनीमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धको जन्मभूमि लुम्बनी आसपासको क्षेत्रलाई समेटेर ग्रेटर लुम्बिनी क्षेत्रको विकास गर्नु पर्ने बताएकी छन् ।

बुद्ध जयन्तीको अवसरमा मोरङको पथरीशनिश्चरेमा रहेको बौद्ध धर्म समन्वय समितीले कार्यक्रम सम्पन्न गरेको छ । पथरीशनिश्चरे नगरपालिका परिक्रमा पश्चात शान्ति ¥याली पछि कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर १ मोरङ क्षेत्र नंम्बर ३ का सांसद सुर्यमाराज राई, प्रदेश नम्बर १ कि सांसद कृष्णकुमारी राई, नगर उप प्रमुख यमुना विष्ट वास्तोला लगायतको उपस्थिीती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का सांसद सुयरमाराज राईले धार्मिक साहिष्णुताले नै एक आपसमा भाइचारा बढ्ने बताए । उनले नेपाल बहुजाती, बहुभाषिक देश भएको भन्दै यस्ता चाडपर्वले आपसी भाइचार बढाउने बताए ।
यस्तै प्रदेश नम्बर १ कि सांसद कृष्णकुमारी राईले बौद्ध धर्म कसैको पेवा नभई जो कोही अनुयायी हुन सक्ने बताइन् ।