Rumpum Advertisement

केन्याबाट फर्कीएका युवाले विराटनगरमा खोले होटल

Neuro Revised Adv
Koshi Dashain ad
केन्याबाट फर्कीएका युवाले विराटनगरमा खोले होटल

विराटनगर ।

केन्यामा लामो समय बसेका एक युवाले स्वदेश फर्कीएर होटल व्यवसाय सुरु गरेका छन् । स्वदेशमा काम गर्दा रोजगारी पाइएन भन्दै विदेशिने युवाहरुको संख्या बढ्दो छ । तर रोजगारीकैलागि विदेशिएका मोरङका शुनिल थापाले स्वदेश फर्कीएर विराटनगर– ४ खार्जीमा होटल सुरु गरेका हुन् । शुक्रवारबाट उनले सुरु गरेको होटलमा केन्याकै स्वादका परिकारहरु पाइने छ ।

केन्याको राजधानी नैरोबीमा ९ वर्ष होटल चलाएर बसेका थापाले विराटनगर– ४ खार्जीमा द मिनाक्षी होटल एण्ड सेकुवा कर्नर सञ्चालनमा ल्याएका हुन् ।

केन्यामा रेष्टुरेन्ट सञ्चालन गर्दा पाएको सिप र अनुभवलाई सदुपयोग गर्दै केन्याको स्वादका परिकार पाउने गरी ‘द मिनाक्षी होटल एण्ड सेकुवा कर्नर’ स्थापना गरेको बताए ।

उनको होटलमा बट्टाई चराको विविध परिकार सहित लोकल कुखुरा र खसीको परिकार पाइने छ । होटलमा बन्ने परिकार प्राकृतिक मसलायुक्त हुने र कुनै केमिकल्सको प्रयोग नहुने उनले बताए । थापाको होटलमा केन्याकै होटलमा काम गरेका कुक छन् ।

केन्यामा मासिक ४ लाख भाडा तिरेर होटल व्यवसाय गरेका उनले मासिक ४–५ लाख आम्दानी गरेका थिए । तर स्वदेशमा केही गर्ने उदेश्य सहित तीन वर्षअघि नेपाल फर्कीएको उनले बताए । उनी २०६२–६३ मा रोजगारीकालागि केन्या पुगेका थिए ।

स्वदेश फर्कीएपछि इटहरीमा होटल व्यवसाय गरेका थिए । तर ग्राहकहरुको आकर्षण राम्रो देखेपछि घरधनीले घर खाली गरेर आफै होटल सञ्चालन गरेपछि उनले विराटनगरमा व्यवसाय सुरु गरेका हुन् । होटलमा करिब ४५ लाख लगानी गरेको उनले बताए ।

होटलकालागि इटहरीमा आफ्नै बट्टाई फर्म रहेको उनले बताए । प्रायजसो सेकुवामा अजिनोमोटोको व्यापक प्रयोग हुन्छ जसले गर्दा स्वास्थ्यमा नकारात्मक गर्छ । तर थापाले अजिनोको प्रयोगमा बन्देज गरेको बताए ।