Rumpum Advertisement

गाँउपालिका अध्यक्षको घरमा बम विष्फोट

Neuro Revised Adv
Koshi Dashain ad
गाँउपालिका अध्यक्षको घरमा बम विष्फोट

सप्तरी ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले सप्तरीको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट गरेको छ । शुक्रबार राति सवा १२ बजे गोइतको घरमा प्रेसर कुकर बम बिष्फोट गराइएको हो ।

 

अध्यक्ष गोइतको घर छेउमा जोडिएकै अर्काे घमार जनतान्त्रिकले बम विष्फोट गराएको हो । बमका छर्रा लागेर अध्यक्षका गोइतका काका समानन्द गोइत घाइते भएका छन्। बिष्फोटबाट घरमा क्षति पुगेको र केही कुर्सीहरु भाँचिएको अध्यक्ष गोइतले जानकारी दिए ।

आफूलाई लक्षित गरेर बिष्फोट गराएको हुनसक्ने अध्यक्ष गोइतले बताए । उनी तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

बम बिष्फोटनको जिम्मा जनतान्त्रिक तराइ मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ। मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले बिज्ञप्ति जारी गर्दै तराइमा भ्रष्टाचार बिरोधी अभियानको क्रममा कारवाही स्वरुप गाउँपालिका अध्यक्ष गोइतको घरमा बिष्फोट गरिएको उल्लेख गरेका छन् ।

भ्रष्टाचार जारी रहे अझै यो भन्दा कडा कारवाही गरिने र त्यसको जिम्मा स्वयं गाउँपालिका अध्यक्ष गोइतले लिनुपर्ने चेतावनी विज्ञप्तीमा उल्लेख छ ।