Rumpum Advertisement

एभरेष्टको भवन बंगलादेशी कम्पनीले बनाउदै

Neuro Revised Adv
Koshi Dashain ad
एभरेष्टको भवन बंगलादेशी कम्पनीले बनाउदै

विराटनगर ।
बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बताएकी छिन् । सनिबार एभरेष्ट एजुकेशन फाउण्डेशन प्रा लिले बंगलादेशी कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बन्दै गरेको भवनको अवलोकन गर्दै राजदुत आम्सले यस्तो बताइन् ।

उनले पछिल्लो समयमा बंगलादेशले आर्थिक बृद्धिदर र विकासमा एसियामै उत्कृष्ट फड्को मारेको बताउदै यसबाट नेपालले शिक्षा लिन सक्ने बताइन् । उनले प्रदेश १ बंगलादेशसंग जोडिने पुलको रुपमा रहन सक्ने बताउदै यसबाट प्रदेश एकले फाइदा लिन सक्ने बताइन् । एभरेष्ट स्कुलको भवन नेपालकालागि नमुना प्रोजेक्टको रुपमा लिइएको छ ।

विराटनगर स्थित एभरेष्ट स्कुलले उच्च शिक्षा सञ्चालन गर्नकालागि २४ हजार स्क्वायर फिटमा यो नयाँ प्रविधिको भवन बनाएको फाउण्डेशनका अध्यक्ष विनोद ढकालले बताए । ४२ वटा कोठा भएको सो भवन आगामी तीन महिना भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

बंगलादेशको म्याक डोनाल्ड स्टिल लिमिटेडका साइद अहमदले जापानको निप्पोन स्टिलबाट उत्पादित कच्चा पदार्थ प्रयोग गरि बंगलादेशमा व्यवस्थित आधुनिक उपकरणबाट निर्माण गरिएको सामान यसमा प्रयोग गरिएको बताए । कम खर्चमै भुकम्प प्रतिरोधी र छोटो समयमा निर्माण गर्न सकिने विद्यालय भवन निर्माण गरिरहेको हिमालय प्रि फेव प्रालिका कार्यकारी निर्देशक निलमणी सापकोटाले बताए ।