Rumpum Advertisement

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार सडकमा, शुक्रवार देशभर प्रदर्शन

Neuro Revised Adv
Koshi Dashain ad
मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार सडकमा, शुक्रवार देशभर प्रदर्शन

विराटनगर,
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा देशभरका पत्रकारहरुले धर्नासहित प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा देशभरका पत्रकारले धर्नासहित सञ्चार सामाग्री प्रदर्शन गरेका हुन् ।

सरकारले संसदमा दर्ता गराएको काउन्सिल विधेयकमा समेटिएको जरिवनाको प्रावधान हटाउन माग गर्दै देशभरीका पत्रकारले सञ्चार साधनको प्रदर्शन गर्दै धर्ना दिएका हुन् । देशैभर धर्नामा उत्रिएका पत्रकारहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर्दै मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गरेका थिए ।

काठमाडौंका सञ्चारकर्मीले संसद भवनअगाडि धर्ना दिएका थिए भने जिल्ला जिल्लामा पत्रकारहरुले धर्ना दिएका थिए । विधेयकको विरोधका क्रममा सुनसरी मोरङ धनकुटा, झापा, इलामलगायत जिल्लाका पत्रकारहरु पनि सडकमा उत्रिएका छन् । सुनसरीका पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका थिए । मोरङका पत्रकारले उर्लाबारी र विराटनगरमा धर्ना दिएका थिए ।

काठमाडौंको बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पत्रकार तथा अधिकारकर्मीहरु सहभागी भएका थिए । पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा मुखमा कालो पट्टी बाधेका थिए ।

शुक्रवार विराटनगरको बुधहाट चोकमा धर्ना दिएका पत्रकारहरुले संसदमा दर्ता भएको विधेयकको प्रावधान खारेज गर्न माग गरे । धर्नाका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता विरोधी विधेयक सञ्चाउनु पर्ने मागसहित पत्रकार महासंघले पहिलो चरणको आन्दोलनको अन्तिम दिन शुक्रवार देशभरी प्रदर्शन गरेको बताए ।

पत्रकारलाई नियमन गर्ने छुट्टै आचारसंहिता रहेको बताउँदै उनले २५ हजारदेखि १० लाख सम्म जरिवना गर्न सक्ने प्रावधानले पत्रकारहरु ससंकित बनेको बताए । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रेस स्वतन्त्रता हनन हुनेगरी सरकारले ल्याएको विधेयक परिमार्जन गर्नुपर्ने बताए ।

शुक्रवार पुर्वी मोरङका पत्रकारहरुले मिडिया विधेयक सच्याउन माग गर्दै प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालयको अगुवाईमा सडकमा उत्रिएका सञ्चारकर्मीले पत्रकारलाई फसाउन सरकारले विद्यायक ल्याएको गुनासो गरे ।

पत्रकार महासंघ मोरङका सहसचिव सन्तोष राईले केन्द्रीय सर्कुलर अनुसार देशभर नै प्रदर्शन भएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्सद अर्जुन जम्नेली राईले सञ्चारकर्मीलाई बोल्न र लेख्न सरकारले प्रतिबन्ध लगाउन खोजेको आरोप लगाए ।

पत्रकारिताको पुरानो इतिहासमा पनि सरकारले संसदमा दर्ता गरेको बिधेयक जस्तो कठोर नभएको सञ्चार क्लब मोरङका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बताए । सञ्चार विधेयकका परिमार्जन गर्न मागसहित बुधवार पत्रकारहरुले नेपाल सरकारका कानुन मन्त्री भानुभक्त ढकाललाई सामुहिक एसएमएस गरेका थिए ।