Rumpum Advertisement

इन्जिनियिरको शैक्षिक प्रमाण पत्र नक्कली

Neuro Revised Adv
Koshi Dashain ad
इन्जिनियिरको शैक्षिक प्रमाण पत्र नक्कली

विराटनगर,
नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएको आरोपमा मोरङको बुढीगंगा गाउँपालिकाका इन्जिनियर चन्द्रनारायण चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिएससीको नक्कली प्रमाणपत्र पेस गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएको र बढुवामा परेको उजुरी परेपछि छानविन गरेको अख्तियारले बिहीबार आरोप पत्र दायर गरेको हो । अख्तियारले दायर गरेको आरोप पत्रमा चौधरीले बिहार विश्वविद्यालय परीक्षा समिति पटना भारतबाट आइएसी पास झुटो विवरणको प्रमाणपत्र लिएको उल्लेख गरिएको छ ।

इन्जिनियर चौधरीले झुटो विवरण राखी प्रमाण पत्र राखेर माथिल्लो पदको सुविधा लिएको देखिएपछि भष्ट्रचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएका छन् ।