Rumpum Advertisement

शैक्षिक परामर्शदाता संंस्थाहरूको भिडमा छुट्टै पहिचान बनाउन सफल प्रेसिडेन्सियल

Neuro Revised Adv
Koshi Dashain ad
शैक्षिक परामर्शदाता संंस्थाहरूको भिडमा छुट्टै पहिचान बनाउन सफल प्रेसिडेन्सियल

विराटनगर, वैशाख
विभिन्न निजी शैक्षिक परामर्शदाता संस्थाहरूले ठगी गरी विद्यार्थीलाई उच्च शिक्षाको लोभ लालचमा विदेश पठाएको भनी हामी बेलाबखत विभिन्न सञ्चारमाध्यममा सुन्दै र हेर्दै आएका छाैँ । कुरा गर्ने हो भने ठगी गर्ने शैक्षिक परामर्श संस्थाहरूको लामो विवरण नै प्राप्त गर्न सकिन्छ । तर, त्यस्ता परामर्शदाता संस्थाहरूको कारणले अरु परामर्शदाता संस्थाहरूमाथि विश्वासै गर्न सकिँदैन भन्ने पनि छैन । बजारमा थुुप्रै गुणस्तरीय शिक्षा र सेवासुुविधा दिने परामर्शदाता संस्थाहरू पनि छन् ।

यस्तै विभिन्न शैक्षिक परामर्शदाता संंस्थाहरूको भिडमा प्रेसिडेन्सियल इन्टरनेशनल एकेडेमिक फाउन्डेसनले आफनो छुट्टै पहिचान बनाएको छ । वि.संं. २०६९ सालमा काठमाडौंको पुतलीसडकमा स्थापना भइ हाल वि.सं. २०७२ सालदेखि विराटनगर मेनरोडको संंसारीमाईस्थानमा सञ्चालनमा रहेको उक्त शैक्षिक परामर्शदाता संंस्थाले थुप्रै जनालाई पढनका लागि विदेश पठाउन सफल भइ सबैको विश्वास जितिरहेकोे छ ।

उक्त फाउन्डेसनले विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि खासगरी अमेरिका, अष्ट्रेलिया र जापान पठाउने गर्दछ । विद्यार्थीहरू पनि खासगरी अकाउन्ट, आईटी, नर्सिङ, चाइल्डकेयर, हस्पिटालिटी तथा बिजनेस पढ्नका लागि अष्ट्रेलिया, आईटी, बिजनेस, एड्मिनिस्ट्रेशन तथा बायोलोजी पढ्नका लागि अमेरिका र अकाउण्ट, इकोनोमिक्स तथा आईटी पढ्नका लागि जापान जान रुचाएको विराटनगर शाखाका व्यवस्थापक सन्तोष अधिकारीको भनाइ छ ।

विदेश गएर पढ्नका लागि कम्तिमा १२ कक्षा उतीर्ण गरेको र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्दछ । आजका विद्यार्थीहरूलाई बजारमा गुणस्तरीय परामर्शदाताको कमी भएकोले विद्यार्थीहरूलाई आफ्नो करियर छनौटमा निकै चुनौती रहेको अधिकारीले बताए ।

‘हामीले अहिले अष्ट्रेलियाका ४३ वटा विश्वविद्यालयहरूमध्ये त्यहाँका प्रख्यात विश्वविद्यालयहरूमा विद्यार्थीहरू पठाउने गरेका छौं,’ बजार व्यवस्थापक प्रमुख कमल पोख्रेलले भने, ‘अहिले हामीले नेपालका मुख्य चार शहर काठमाडौं, विराटनगर, पोखरा र चितवनमा आफ्नो सेवा दिँदै आईरहेका छौं र चाँडै नै नेपाल बाहिर पनि आफ्नो सेवा विस्तार गर्ने सोचमा छौं ।’

यस्तै फाउन्डेशनकका सञ्चालक आशिष गिरी भन्छन् ‘हामी इन्सिटिच्युुट होइनौं, हामी कन्सलट्यान्ट हौं, हामी गुुणस्तरीय शिक्षामा भरोसा गर्छौं ।’