Rumpum Advertisement

खोटाङमा असिना पानीसँगै परेको चट्याङले एकै गाउँका आठ जना गम्भीर घाइते

Neuro Revised Adv
Koshi Dashain ad
खोटाङमा असिना पानीसँगै परेको चट्याङले एकै गाउँका आठ जना गम्भीर घाइते

खोटाङ,
खोटाङमा हावाहुरी र असिना पानीसँगै परेको चट्याङका कारण एकै गाउँका आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आठ जना घाइते भएका हुन् ।

घाइते हुनेमा रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए ।

उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।