Rumpum Advertisement

विराटनगरका राजीव जैनले जिते एक करोड, बने नेपालकै पहिलो एक करोड जित्ने व्यक्ति (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरका राजीव जैनले जिते एक करोड, बने नेपालकै पहिलो एक करोड जित्ने व्यक्ति (भिडियोसहित)

विराटनगर,
विराटनगरका राजीव जैन एपीवान टिभीबाट प्रसारित कार्यक्रम ‘को बन्छ करोडपति’बाट एक करोडका विजेता बनेका छन् । फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औं श्रृखंलामा विराटनगरका राजीव जैनले एक करोड जित्दै नेपालकै पहिलो एक करोड विज्ते विजेता बनेका हुन् ।

फास्टटेस्ट फिंगर फस्टमा नौ जना प्रतिस्पर्धीलाई पछि पार्दै हट सिटमा बसेका उनले १३ वटा प्रश्नको जवाफ मिलाउँदै २५ लाख जितेका थिए । हुटर बजेर उनी ४२ औं श्रृंखलामा पुगे । ४२औं श्रृंखलामा उनले बाँकी दुई १४औं र १५औं प्रश्नको पनि जवाफ मिलाएर को बन्छ करोडपतिको पहिलो सिजनमा करोड रुपैयाँ जित्ने पहिलो सहभागी बने ।

विराटनगरमा जन्मिएका ४३ वर्षीय उनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । तर, टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् । त्यो रहर उनले १८ वर्ष पछि पूरा गरेका हुन् ।

विगत १० वर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका उनी यो कार्यक्रममा पहिलो १ करोड प्राप्त गर्ने व्यक्ति बनेका छन् ।