Rumpum Advertisement

शक्तिशाली बम राख्ने सूचना फेसबुकमा लेखेपछि…

Neuro Ad
शक्तिशाली बम राख्ने सूचना फेसबुकमा लेखेपछि…

विराटनगर,
गोर्खा जनमुक्ति मोर्चा नामको भूमिगत पार्टीले आइतबार र सोमबार प्रदेश १ का विभिन्न स्थानमा शक्तिशाली बम राख्न सक्ने फोटोसहितको फेसबुकमा सूचना पोष्ट गर्ने एक युटुबरलाई प्रहरीले सोधपुछ थालेको छ ।

मोरङको उर्लावारी घर भइ सोही ठाउँबाट युटुब टीभी चलाउँदै आएका किशोर श्रेष्ठले शनिबार गोर्खा जनमुक्ति मोर्चाले बम राख्ने जानकारी आफूलाई मोबाइलमा म्यासेज आएको भन्दै शनिबार फेसबुकमा स्टाटस लेखेको र सोही अनुसारको वस्तु झापाको कन्काई पुलमा आइतबार बिहान फेला परेपछि मोरङ प्रहरीले युटुबर किशोर श्रेष्ठसँग सोधपुछ थालेको हो ।

आफूलाई मेसेन्जरमा आएको एसएमएस भन्दै युटुबर किशोरले शनिबार शक्तिशाली बमको फोटोसहित चाहेमा प्रहरीलाई म्यासेज उपलव्ध गराउन सक्नेछु भन्दै फेसबुकमा सूचना पोष्ट गरेका थिए । उक्त सूचना पोष्ट भएपछि इलाका प्रहरी उर्लाबारीले शनिबार साँझ पनि उनलाई बोलाएर सोधपुछ गरेको थियो ।

युटुबर श्रेष्ठले फेसबुकमा लेखेअनुसार आइतबार बिहान झापाको कन्काई पुलमा बिस्फोटक वस्तु राखिएको फेलापछि उनले कुन नियतले फेसबुक स्टाटस लेखेका रहेछन् र उनको संलग्नता छ छैन प्रष्ट हुनका लागि मात्रै सोधपुछ गर्न बोलाएका र पक्राउ नगरेको मोरङका एसपी मनोज केसीले बताए ।

म्यासेजमा आएको सूचना प्रहरीलाई जानकारी गराउनु पर्नेमा फेसबुकमा लेख्नुले उनी पत्रकार नभएको प्रष्ट भएको तर उनले लेखेको सूचनाले प्रहरीलाई सहयोग नै पुगेकोले सोधपुछका लागि मात्र बोलाएको प्रहरीको भनाई छ ।

तर, युटुबर श्रेष्ठको शंकास्पद गतिविधिमा संलग्नता पाइएमा चाँही पक्राउ गरेर कानूनअनुसार कार्वाही प्रहरीले कार्वाही गर्नेछ ।