Rumpum Advertisement

ललितकला संगम प्रदेश १ को अध्यक्षमा गोपाल कलाप्रेमी

Neuro Revised Adv
Koshi Dashain ad
ललितकला संगम प्रदेश १ को अध्यक्षमा गोपाल कलाप्रेमी

विराटनगर ।

ललितकला संगम, प्रदेश १ को अध्यक्षमा संस्थापक अध्यक्ष गोपाल कलाप्रेमी फेरी चयन भएका छन् । संगमको शनिबार विराटनगरमा सम्पन्न साधारण सभाले सर्वसम्मतिमा कलाप्रेमीको अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको हो ।

२०३७ सालमा उनकै अध्यक्षयतामा स्थापित संस्थामा करिव एक दशकपछि फेरि उनलाई नै नेतृत्व दिइएको संस्थाका सचिव वीरेन्द्रंंकुमार राजवंशीले बताए । देश संघीयतामा आएर प्रदेश सरकारको गठन भई प्रदेश सरकारसमेत क्रियाशील भैसकेको अवस्थामा बदलिएको सामाजिक सांस्कतिक परिवेशसंग सामन्जस्यता गर्न संगम सक्रिय हुने अध्यक्ष कलाप्रेमीले बताए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा निवास पोखरेल, सचिवमा वीरेन्द्रकुमार राजवंशी, उपसचिवमा बिजु थपलिया, कोषाध्यक्षमा उषा अर्याल तथा सदस्यहरुमा भरत डंगोल, तृप्ती सुधांशु, कृती श्रेष्ठ उपाध्याय, नर श्रेष्ठ, माधवी कर्ण र ओमप्रकाश साह रहेका छन् ।