Rumpum Advertisement

आफैलाई गोली प्रहार गरि प्रहरीलाई फोन 

Neuro Revised Adv
Koshi Dashain ad
आफैलाई गोली प्रहार गरि प्रहरीलाई फोन 

विराटनगर । मोरङको कटहरी गउँपालिका २ का राजवंशी टोलका रुपेश कामतले आफैलाई गोली प्रहार गरि प्रहरीलाई खबर गरेका छन् । अन्दाजी २६ वर्षीय कामतले शुक्रबार राति आफैलाई गोली प्रहार गरि प्रहरीलाई खबर गरेका हुन् ।

शुक्रबार साझ घरमा एक्लै रहेका उनको पेटको माथिल्लो भागमा गोली लागेको छ ।  प्रहरीले कामतको उद्दार गरि कोशी अञ्चल अस्पताल पठाएको थियो । तर कोशीमा उपचार हुन नसकेपछि नोबेल मेडिकल कलेज पठाइएको छ । घरमा एक्लै रहेका उनले आफैलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रूपेशको कोठाबाट पेस्तोल पनि बरामद भएको छ । प्रहरीका अनुसार गोली चलेको छिमेकीले समेत थाहा पाएका थिएनन् ।