Rumpum Advertisement

आदर्श टोलका तीन जना सम्मानित

Neuro Revised Adv
Koshi Dashain ad
आदर्श टोलका तीन जना सम्मानित

विराटनगर ।

आर्दश टोल शिशुपथ समाज विराटनगर ५ विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पु¥याउने तीन जनालाई सम्मान गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष विक्रम लुइटेल, लायन्स क्लब डिष्ट्रिक ३२५ ए वानको गर्भनरमा निर्वाचित राजन खत्री, र पुर्वाञ्चल विश्वविद्यालयका चिकित्सा शास्त्र संकायका डिन डाक्टर शैलेशमणी पोखरेललाई सम्मान गरेको हो ।

स्थानीय ९२ वर्षीया जेष्ठनागरीक रुक्मिणी कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, सुनसरीको वर्जु गाँउपालिकाका कार्यकारी प्रमुख रामचरित्र मेहता, वडा नम्बर ५ का अध्यक्ष मिनकुमार आचार्यलगायत सम्पुर्ण टोलबासीले सामुहिक रुपमा प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।

आर्दश टोलको नाम देश विदेश सम्म फैलाउन विशिष्ट योगदान गरेको भन्दै सम्मान गरिएको आयोजक संस्थाका संकेत खनालले बताए । कार्यक्रममा डाक्टर मोहनचन्द्र घिमिरेले टोलबासीबाट गरिएको यस्तो सम्मानले आपसमा आत्मियता बढ्ने र यसले टोलकै इजजत बढ्ने बताए ।
कार्यक्रममा सम्मानित व्यक्ति राजन खत्रीले आफुलाई आफ्नै गाँउबाट सम्मान हुदाँ गौरव महशुस भएको बताए । उनले टोल र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै कार्यक्रममा सम्मानित पत्रकार लुइटेल तथा डाक्टर पोखरेलले पनि आ आफ्नो क्षेत्रबाट टोलको विकास र उत्थानमा निरन्तर लागि पर्ने बताए ।