Rumpum Advertisement

पाँच क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समितिको पत्र

Neuro Revised Adv
Koshi Dashain ad
पाँच क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समितिको पत्र

विराटनगर,
उर्लाबारी नगरपालिका–१ मा सञ्चालित पाँचवटा क्रसर बन्द गर्न जिल्ला समन्वय समिति मोरङले पत्र काटेको छ । मााापदण्ड विपरीत  सञ्चालनमा आएका क्रसर हटाउन माग गर्दै स्थानीयबासी २९ दिनदेखि रिले अनसनमा छन् ।

स्थानीयले विरोध गरेपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चासो देखाएपछि जिससले पत्र काटेको हो । जिससले मापदण्ड अध्ययनकालागि समिति गठन गरेकाे छ । समितिले प्रतिवेदन नबुझाए सम्मकालागि बन्द गर्न पत्र काटेको हाे ।

नयाँ उद्योगलाई जुन अवस्थामा छ त्यस्तै छाड्न र सञ्चालनमा रहेका उद्योगमा  भएका सामाग्री निकास गरी तत्काल बन्द गर्न पत्र पठाइएको जिल्ला समन्वय समिति मोरङका अधिकृत सरोज गौतमले जानकारी दिए ।

उर्लाबारी नगरपालिका–१ मा पूर्वेली क्रसर उद्योग र पञ्चेश्वर क्रसर उद्योग छन् । त्यस्तै मा पाथिभरा क्रसर, सिदार्थ एग्रोगेट र देविस्थान मिरल उद्योग सञ्चालनमा छन् । अबैध रुपमा सञचालन भएका क्रसरका कारण खानेपानीको मुहान सुकेको, खेतीयोग्य जमिन, बस्ति र विद्यालयमा असर गरेकोे भन्दै स्थानीय पाँच महिनायता आन्दोलनमा छन् ।

स्थानीय सरकारलाई हटाउन आग्रह गर्दा मेयर खड्ग फागोले चासो नदिएपछि स्थानीयबासी प्रदेश सरकारसमक्ष पुगेका थिए । प्रदेश उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले जिल्ला प्रशासनलाई पत्र काटेको थियो ।

सोही पत्र प्रशासनले जिल्ला समन्वय समितिलाई पठाएपछि बन्द गर्न पत्र पठाएकाे हाे  । जिससले  बनाएको अध्ययन समितिले प्रतिवेदन नबुझाउनजेल सम्मका लागि क्रसर बन्द गर्न पत्र पठाइएको जिसस प्रमुख नरेश पोखररेलले जानकारी दिए ।