Rumpum Advertisement

प्रदेशलाई हिंसामुक्त बनाउन सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री शेरधन राई

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशलाई हिंसामुक्त बनाउन सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री शेरधन राई

विराटनगर,
प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई हिंसामुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग र नेपाल प्रहरीको संयुक्त आयोजनामा विराटनगरमा शुक्रबार आयोजना गरिएको महिला हिंसा न्यूनिकरण तथा मानव अधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहिताबारे बोल्दै उनले महिला हिंसालगायत सबै प्रकारको अपराधवाट प्रदेशलाई मुक्त बनाउने बताएका हुन् ।

विकास र समृद्धिको पहिलो शर्त शान्ति सुरक्षा र सुशासन भएकाले महिला हिंसा न्यूनिकरण सरकारको प्राथमिकतामा रहेको उनले बताए । उनले प्रदेशको आगामी नीति तथा कार्यक्रममा सरकारले प्रदेश नं १ मा एउटा पुनस्र्थापना केन्द्र स्थापना गर्ने लक्ष्य लिएको जानकारी गराए । मुख्यमन्त्री राईले हिंसा पीडितको उचित बसोबासका लागि पुनस्र्थापना केन्द्र आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला हिंसा रोक्न पहिले घरभित्र परिवारबाट हुने हिंसा रोक्नुपर्नेमा जोड दिइन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सबै प्रकारको हिंसालाई अन्त्य गर्दै मुलुकमा सुशसान कायम गर्न नेपाल प्रहरीले कार्य गरिरहेको बताए ।

उनले प्रहरीले गरेको काममा नागरिक समाजलाई सहयोग पुर्याउन आग्रह गरे । प्रदेश नं १ का मुख्यन्यायधीवक्ता चूडामणि आर्चायले महिला हिंसा न्यूनिकरणमा सबै सक्रिय भएर लागे मात्र सफल हुन सक्ने बताए ।

कार्यक्रमा प्रदेश नं १ अन्र्तगत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको सहभागिता छ ।