Rumpum Advertisement

पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर एक भारतीय नागरिक बेपत्ता

Neuro Revised Adv
Koshi Dashain ad
पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर एक भारतीय नागरिक बेपत्ता

पाँचथर,
पाँचथरको हिलिहाङ गाउँपालिका–७ सुभाङ आज तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको बिजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार १९ वर्षीय मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो ।

तीन जनामध्ये २ जनाले भने नदी पार गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट प्रहरी टोली खटि गई खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।