Rumpum Advertisement

खैरो हेरोइनसहित मोरङबाट दुई जना भारतीय नागरिक पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
खैरो हेरोइनसहित मोरङबाट दुई जना भारतीय नागरिक पक्राउ

विराटनगर,
लागूऔषध खैरो हेरोइनसहित मोरङबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका–३ बेतौनीबाट प्रहरीले बिहीवार प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

राति पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको DL 7 CM ण्ज्ञठट नम्बरको स्कारपियो गाडीबाट १ सय २५ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको हो । लागूऔषधसहित गाडी चालक भारत कुसाकट्टा–१५ पडरिया बस्ने वर्ष २८ को सन्तोष मण्डल र गाडीमा सवार रहेका वर्ष २४ को कमरूल खाँनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बरामद लागूऔषध र गाडीलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।