Rumpum Advertisement

विराटनगरको मुख्य बजार जेठ १५ भित्र कालोपत्रे

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरको मुख्य बजार जेठ १५ भित्र कालोपत्रे

 

विराटनगर ।

कोशी राजमार्ग अन्तरगत विराटनगर मुख्यबजार खण्ड जेठ १५ गते भित्र कालोपत्रे गरी सक्ने सहमति भएको छ । ६ लेन सडक परियोजनामा पर्ने महेन्द्र चोकदेखि दक्षिणमा पर्ने एसलाल पेट्रोल पम्पदेखि बरगाछी सम्म कालोपत्रे गर्ने सहमति भएको हो ।

चार वर्ष सम्म मुख्य सडक कालोपत्रे नहुँदा धुलोका कारण सास्ती भोग्नु परेको भन्दै विराटनगर मुनालपथका बासिन्दाले दुई घण्टा कोशी राजमार्ग अवरुद्ध गरेपछि प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बिहिवार बसेको बैठकले मुख्य बजार क्षेत्र एसलाल पेट्रोल पम्पदेखि बरगाछी सम्मको नाला निर्माण र सडक पिच गर्ने सहमति भएको हो ।

स्थानीयबासी, ठेकेदार प्रतिनिधी, ६ लेन सडक परियोजनाका इन्जिनियरलगायको उपस्थीतिमा भएको छलफलमा बाटो पिच नभएको अवस्था सम्म धुलो उड्न नदिन पानी नियमित छर्कने र दुर्घटना हुन नदिन उपायहरु अपनाउने सहमति पनि भएको छलफलमा सहभागी लक्ष्मण पोखरेलले जानकारी दिए ।

भत्काएको सडकको कारण धुलोले स्वास्थ्यमा गम्भिर असर पार्नुका साथै दुर्घटना समेत बढ्न थालेपछि बुधबार विहान एकाएक भेला भएका स्थानीयले सडक अबरोध गरेका थिए ।