Rumpum Advertisement

राजधानीका संरचना सारे मान्य नहुने

Neuro Revised Adv
Koshi Dashain ad
राजधानीका संरचना सारे मान्य नहुने

विराटनगर ।

विराटनगर महानगरपालिकाले विराटनगरलाई राजधानी तोकेकोमा धन्यबाद दिदै अन्यत्र सारिए विराटनगरबासीलाई मान्य नहुने चेतावनी दिएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाले सर्वसम्मतबाट प्रदेश सभाबाट विराटनगर राजधानी तोकिएको भन्दै प्रदेश सभालाई धन्यबाद दिएको हो ।

महानगरका मेयर भिम पराजुली द्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपालकै औद्योगिक र राजनीतिक महत्व बोकेको विराटनगर प्रदेश १ को राजधानी तोकिएको यस क्षणमा व्यवस्थापिका तथा कार्यपालिका विराटनगर भन्दा अन्यत्रै सार्ने भन्ने किसिमका अभिब्यक्तिहरु सार्वजनिक भइरहेको प्रति विराटनगर महानगरको गम्भीर ध्यानाकर्षण भएको छ ’  उल्लेख छ ।

विराटनगरलाई स्थायी राजधानी बनाउन गठन भएको शान्तिपूर्ण दवाव समितिसंगको वार्तामा व्यबस्थापिका र कार्यपालिका विराटगरमै राख्ने म्ुख्यमन्त्री शेरधन राईले प्रतिबद्धता जनाएको उल्लेख गर्दै विज्ञप्तीमा ‘स्थायी राजधानी विराटनगरबाट बृहतविराट क्षेत्रका नाममा व्यवस्थापिका तथा कार्यपालिका अन्यत्रै सार्ने कार्यहुन गएमा विराटनगरवासीको समर्थन रहने छैन ’  भनिएको छ ।

हालै वृहत विराटक्षेत्रको विकास अवधारणा ल्याई प्रदेश सरकारले कतिपय संरचना अन्यत्रै सार्ने भन्ने प्रचार समेत हुनुले विराटनगरवासी सशंकित भएको विज्ञप्तीमा उल्लेख छ ।

अन्य स्थानमा सारिने निर्णय प्रति महानगर र आम विराटनगरवासी सहमत हुन सक्दैनन् भन्दै विराटनगरका राजनैतिक दल, संघीय सरकार र प्रदेश सरकारमा जितेर नेतृत्व लिइरहेका सांसदहरु, स्थानीय जनप्रतिनिधि, विराटनगरवासी तथा शुभचिन्तकलाई खबरदारी गर्न समेत आग्रह गरिएको छ ।