Rumpum Advertisement

चार वर्षमा कालोपत्रे नभएपछि मुनालपथका बासिन्दा सडकमा

Neuro Revised Adv
Koshi Dashain ad
चार वर्षमा कालोपत्रे नभएपछि मुनालपथका बासिन्दा सडकमा

 

विराटनगर ।

चार वर्ष सम्म मुख्य सडक कालोपत्रे नहुँदा धुलोका कारण सास्ती भोग्नु परेको बताउँदै विराटनगर मुनालपथका बासिन्दाले दुई घण्टा कोशी राजमार्गको विराटनगर मुनालपथ खण्ड अवरुद्ध गरेका छन् ।

विराटनगर महानगरपालिका र ६ लेन सडक परियोजनाका कारण दुःख पाएको गुनासो गर्दै स्थानीयबासीले करिब २ घण्टा सडक चक्काजाम गरेका हुन् । सडक निर्माण समयमा नहुदाँ व्यापार ब्यवसायमा प्रभाब पार्नुका साथै स्वास्थ्यमा समेत गम्भिर असर परिरहेको भन्दै स्थानीयले सडक बन्द गर्न बाध्य भएको बताए ।

महानगरपालिका र ठेकेदारको लापर्वाहीले गर्दा समयमा नै सडक बन्न नसकेको उनीहरुको भनाई छ । धुलोका कारण आजित बनेपछि सडकमा उत्रिएको स्थानीय व्यापारी लक्ष्मण पोखरेलले जानकारी दिए ।

धुलो नियन्त्रण गर्न पानी हाल्न आग्रह गरेपनि अटेर गरेको कारण चक्का जाम गरेको बताउदै उनले स्थानीय प्रशासनले छलफलकालागि बोलाएपछि चक्काजाम फिर्ता लिएको बताए ।