Rumpum Advertisement

न्यायकर्मीलाई निष्पक्ष हुन सुझाव

Neuro Revised Adv
Koshi Dashain ad
न्यायकर्मीलाई निष्पक्ष हुन सुझाव

विराटनगर,
न्यायपालिकाले स्वच्छ रूपमा न्याय सम्पादन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । कानून दिवसको अवसरमा बिहीबार उच्च अदालतले आयोजना गरेको छलफल कार्यक्रममा सहभागिहरूले संविधान र कानूनको कार्यान्वयन गर्न न्यायकर्मी स्वच्छ ढंगले लाग्नुपर्ने बताएका हुन् ।

प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राजनीतिक व्यवस्था परिवर्तनसँगै संविधानमा व्यवस्था भएको समाजवादको अर्थ सामाजिक न्याय भएकोले न्याय सम्पादन स्वच्छ हुनु आवश्यक रहेको बताए ।

उनले सबै बर्गका जनताको न्यायमा पहुँच नभएको बताउँदै सामान्य नागरिकको पहुँचमा पुर्याउनु पर्ने बताए । जुनसुकै पार्टीको प्रतिनिधित्त्व गरेपनि कानूनको सर्वोच्चता स्वीकार गर्ने बताउँदै मन्त्री कार्कीले न्यायनिरुपणमा कुनै हस्तक्षेप र प्रभाव नपार्ने बताए । स्थानीय तहमा उपप्रमुखको नेतृत्त्वमा रहेका न्यायिक समितिलाई अब्बल बनाउन प्रदेश सरकारले योजना अघि बढाएको उनको भनाइ छ ।

जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश राजकुमार खतिवडाले राजनीतिक व्यवस्था परिवर्तनसँगै संविधान र कानून परिवर्तन भएपनि न्यायपालिकाले सधैँ स्वच्छ ढंगले कानून कार्यन्वयन गर्न लाग्नु पर्ने बताए ।

वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले कानूनको सही कार्यान्वयनले मात्र न्यायालय र न्यायकर्मीको गरिमा उच्च रहने बताए । उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश शिवराम अधिकारीले कानून कार्यान्यन गर्ने निकाय स्वच्छ हुनुपर्ने बताए ।