Rumpum Advertisement

कार्यालय अगाडिको ठगी अनुगमन गर्न प्रेम सञ्जेलको पत्र

Neuro Revised Adv
Koshi Dashain ad
कार्यालय अगाडिको ठगी अनुगमन गर्न प्रेम सञ्जेलको पत्र

विराटनगर,
श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालय बाहिर खुलेका अनलाइन फारम भर्ने बहानामा खुलेका अबैध साइबरहरुले सेवाग्राहीलाई ठगी गरिहेकोले अनुगमन गर्न माग गरेका छन् ।

कार्यालय प्रमुख सञ्जेलले बुधबार जिल्ला प्रशासन, प्रहरी, महानगरपालिका, वाणिज्यलगायतका बिभिन्न दश वटा सरोकारवाला कार्यालयहरुलाई पत्र लेख्दै बाहिर अबैध रुपमा अनलाइन फारम भर्न खुलेको अबैध साइबरहरुले सेवाग्राहीलाई ठगी गरिरहेको भन्दै अनुगमन गर्न आग्रह गरेका हुन् ।

विराटनगर भट्टाचौकमा रहेको श्रम कार्यालय अगाडि बग्रेल्ती खुलेका अनलाइन फारम भर्ने साइबरहरु महानगरपालिकामा दर्ता नभएको र उनीहरुले सेवाग्राहीलाई दबाब र प्रलोभनमा पारेर ठगी गर्ने गरेको आरोप प्रमुख सञ्जेलको छ । उनका अनुसार श्रम स्वीकृती लिन कार्यालयमा आएका सेवाग्राहीलाई साइबरवालाहरुले जर्बजस्ती तानेर बाहिर लगी चाँडो काम गरिदिने भन्दै महंगो शुल्क लिने गरेका छन् ।

पटक–पटक साइबर सञ्चालकहरुलाई बोलाएर सेवाग्राहीलाई नठग्न निर्देशन गरेपनि उनीहरुले अटेर गरेर ठगी गरिरहेका छन् । विराटनगरमा श्रम स्वीकृती सेवा सुरु भएपछि हालसम्म दुई दर्जन अनलाइन कार्यालय बाहिर खुलेका छन् ।

बग्रेल्ति अबैध अनलाइन साइबर खुल्न थालेपछि आसपासमा ३ हजार पर्ने कोठा भाडा ३५ हजारसम्म पुगेको छ । तर, घरधनीहरुले महंगो भाडा असुले पनि कतै कर तिर्ने गरेका छैनन् । सञ्जेलका अनुसार कार्यालयमा सेवा लिन आउने रिक्सा र टेम्पोहरुले समेत तोकिएको भन्दै बढी भाडा लिएर सेवाग्राही ठगी गर्ने गरेका छन् ।

आफुहरुले जनशक्त्ति र साधन स्रोतको अभावमा सेवाग्राहीकालागि सकेसम्म छिटो र पारदर्शी सेवा दिइरहेको भएपनि बाहिर खुलेका साइबर र उनिहरुले परिचालन गरेका दलालहरुले गर्दा सेवाग्राहीले सास्ती पाइरहेको उनको गुनासो छ ।

हाजिर भएको दुई महिनामा काज सरुवा भएका उपसचिव सञ्जेल सर्वोच्च अदालतको आदेशबाट पुनः श्रम कार्यालयमै हाजिर भएका थिए । २५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा वरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको ९ पुसमा सीप विकास कार्यालय इटहरी सुनसरीमा कामकाज गर्नेगरि आकस्मात सरुवा गरिएको थियो । सञ्जेल भ्रष्टचार विरोधी कर्मचारीका रुपमा कहलिएका छन् ।