Rumpum Advertisement

३९ सयलाई नागरिकता, करिब २४ सयलाई टोकन मात्र !

Neuro Revised Adv
Koshi Dashain ad
३९ सयलाई नागरिकता, करिब २४ सयलाई टोकन मात्र !

 

विराटनगर ।

जन्मका आधारमा नागरिकता पाएका बुबाआमाका ३ हजार ९ सय सन्तानले बंशज नागरिकता पाएका छन् । गृहमन्त्रालयको परिपत्र पछि मोरङ जिल्लाबाट ३ हजार ९ सय १० जनाले वंशजको नागरिकता पाएका हुन् ।

चैत २० गतेदेखि खुला भएको नागरिकता बुधवारदेखि पुन रोकिएको छ । चैत १९ गते गृह मन्त्रालयको परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै नागरिकता वितरण रोक्न सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको थियो । बैशाख ३ गते पुन परिपत्र रोक्नु नपर्ने आदेश दिएको थियो ।

जन्मका आधारमा नागरिकता लिएकका सन्तानले बाबु र आमा दुवै नेपाली भएमा वंशजको नागरिकता पाउने संविधानमा व्यवस्था छ । यो व्यवस्था कानुनमा नभएका कारण मंगलबार न्यायाधीश ईश्वर खतिवडा र सुष्मालता माथेमाको इजलासले उक्त सर्कुलर अनुसार कामकारबाही नगर्न आदेश दिएको थियो ।

सर्बाेच्च अदालतको आदेशपछि नागरिकताकालागि टोकन पाएका करिब २ हजार ४ सय भन्दाबढीले नागरिकता पाएनन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार मोरङबाट जम्मा ३ हजार ९ सय १० जनाले नागरिकता पाएका छन् । उनका अनुसार जेठ २१ गते सम्मकालागि नागरिकता बितरण गर्न टोकन वितरण गरिएको थियो ।

दिनको १०० का दरले नया टोकन वितरण गरिएको थियो । गत चैतमा भिड बढेपछि दिनको १५० का दरले टोकन वितरण भएको थियो । चैतमा वितरण भएको टोकन आज बिहिवार मात्र सकिने थियो ।

चैतमा टोकन पाएका ३०० सय र नया टोकन पाएका करिब २१ सयले नागरिकता बनाउन पाएनन् ।

गत चैत १९ गृह मन्त्रालयले नागरिकता वितरणकालागि परिपत्र गरेपछि चैत २० गतेबाट नागरिकता वितरण सुरु भएको थियो । तर चैत २५ गतेदेखि बैशाख ३ गते सम्म सर्बाेच्चको आदेश पछि नागरिकता वितरण रोकिएको थियो । बैशाख ३ गते सर्बाेच्च अदातलले आफ्नो पहिलो आदेश उल्टाएपछि नागरिकता वितरण खुलेको थियो । तर बैशाख २४ गते अदालतले पून नागरिकता वितरणमा रोक लगाएको हो ।

गत चैत २० गतेदेखि बैशाख २० गते सम्मको अवधीमा ३ हजार ३ सय ४७ ले वंशज नागरिकता पाएका थिए । जसमा १ हजार ३९५ महिला र १ हजार ९४९ पूरुष थिए ।

चैत २० गतेदेखि बैशाख २० गते सम्म एक महिनामा सार्बजनिक विदा ६ दिन र सर्बाेच्चको आदेशले रोकिएको ८ दिन कटौती गर्दा १६ दिन मात्र नागरिकता वितरण भएको थियो । जिल्ला प्रशासन कार्यालयबाट १६ दिनको अवधीमा ३ हजार ३ सय ४७ ले नागरिकता लिएका थिए ।

बिस २०६३–६४ मा मोरङबाट २० हजार ५ सय हाराहारीले जन्मसिद्धका आधारमा नागरिकता लिएका थिए ।