Rumpum Advertisement

गाई काटेको आरोपमा दुई जना प्रहरीको फन्दामा

Neuro Revised Adv
Koshi Dashain ad
गाई काटेको आरोपमा दुई जना प्रहरीको फन्दामा

रामेछाप,

रामेछाप प्रहरीले गाई काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्कालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

गाई काटेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । अभियुक्तलाई पक्राउ गरी गौबधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । रासस