Rumpum Advertisement

पथरीमा डिएसपीको दरबन्दी माग गर्दै प्रदेश सरकारलाई ज्ञापन

Neuro Revised Adv
Koshi Dashain ad
पथरीमा डिएसपीको दरबन्दी माग गर्दै प्रदेश सरकारलाई ज्ञापन

विराटनगर

मोरङको पथरीशनिशचरे नगरपालिका क्षेत्रमा अपराधिक घटना बढेको भन्दै नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयको क्षमता बृद्धि गर्न स्थानीयले माग गरेका छन् । पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको नेतृत्वको टोलीले बुधबार एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पथरी प्रहरीको क्षमता बृद्धि गर्न माग गरेका हुन् ।

इलाका प्रहरी कार्यालय पथरी हाल इन्स्पेक्टरको कमाण्डमा परिचालित छ । तर, अपराधिक घटना बृद्धि भएकोले इप्रकाको कमाण्ड डिएसपीको नेतृत्वमा परिचालन गरिनुपर्ने स्थानीयको माग छ । पथरी बजारमा कस्मेटिक पसल गरेर बस्दै आएकी २९ वर्षीया रिना बस्नेत ७ वैशाख बिहान घर अगाडि शंकास्पद मृत फेला परेकी थिइन् ।

उनको मृत्युको विषयलाई लिएर पथरीबासी आक्रोशित बन्दा पथरी बजार केही दिन तनाव बनेको थियो । उनको मृत्युको रहस्य प्रहरीले अझै पत्ता लगाइसकेको छैन । यसैगरी १० फागुन २०७५ मा पथरी बजारमा रहेको पाँचतले सिक्का बारमुनि मृत फेला परेका २७ वर्षीय षडराज तामाङ र ३० फागुन २०७५ मा पथरी बजार उत्तरको जंगलमा मृत फेला परेकी झापा मेचीनगरकी अधबैँशे महिला सावित्रा खतिवडाको मृत्यु रहस्य नखुल्दा स्थानीयहरु त्रसित बनिरहेका छन् ।

फेरिए इलाका प्रहरी इन्चार्ज

रिना बस्नेतको शंकास्पद मृत्यु काण्डपछि इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज फेरिएका छन् । पथरी इलाकाअन्तर्गतका क्षेत्रमा हुँदै आएका श्रृंखलाबद्ध अपराध नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गराउन प्रहरी असफल भएको आरोप लागेपछि इन्चार्ज फेरिएका हुन् ।

हाल इन्चार्जका रुपमा रहेका इन्स्पेक्टर कमल बजगाईँको ठाउँमा इन्चार्जमा डिएसपी नवराज ढुंगानाले कमाण्ड गरिरहेका छन् । तर, दरबन्दी कामय नभएकोले उनले केही दिनपछि नै त्यहाँबाट फिर्ता आउनुपर्नेछ । यसैले डिएसपीको स्थायी दरबन्दी कामय गराउन स्थानीयहरु लागिपरेका छन् ।

बढ्दो अपराधका घटनालाई लिएर पथरी शनिश्चरे नगरपालिका प्रमुख किशोर राईले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइसका छन् । पथरीमा शान्ति सुरक्षा कामय गर्न इलाका अपग्रेट गरेर इन्र्चाजमा डिएसपी राख्न माग गर्दै १२ वैशाखमा उनले ज्ञापनपत्र बुझाएका हुन् ।