Rumpum Advertisement

विराटनगरमा खुल्यो कपाल र छाला प्रत्यारोपण गर्ने क्लिनिक

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा खुल्यो कपाल र छाला प्रत्यारोपण गर्ने क्लिनिक

विराटनगर,
छाला तथा कपाल प्रत्यरोपण गर्न पूर्वी नेपालका सर्वसाधरणले काठमाडौं तथा भारत धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा नै छाला तथा कपाल प्रत्यारोपण क्लिनिक खुलेपछि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको हो ।

नयाँ प्रविधिसहित कोशी अञ्चल अस्पताल नजिकै भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक बुधवारबाट सञ्चालनमा आएको छ । पूर्व क्षेत्रमा पहिलोपटक सञ्चालनमा आएको क्लिनिकमा छाला सम्बन्धी सम्पूर्ण रोगको परामर्श, उपचार, नङ, कपाल सम्बन्धिका रोग, छालाको बायोप्सी, एलर्जीको जाँच, गाँठागुठी मुसाको उपचार हुने डा.सिल्भिया पियाले जानकारी दिए ।

उनका अनुसार कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको समाधान, पीआरपी थेरापी र दाह्री प्रत्यारोपण पनि विराटनगरमा नै हुनेछ । क्लिनिकमा दाग हटाउने, डन्डीफोर तथा डन्डीफोरको दागको उपचार र हाइड्रो फेसियलद्धारा अनुहारको ग्लो बढाउने उपचार हुने क्लिनिकका डा. तपन प्रधानले बताए ।

क्लिनिकमा आँखाको वरिपरि देखिने कालोपन, चाउरी पन, आँखाको प्लाष्टिक सर्जरी र कान बेरिएको दागरहित उपचार हुने डा.दिलिप चौधरीले जानकारी बताए ।